images
images

शनिवार, जेठ ५ गते २०८१

रेडक्रस बेलहिया उपशाखाद्वारा रक्तदान

रेडक्रस बेलहिया उपशाखाद्वारा रक्तदान

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • रेडक्रस बेलहिया उपशाखाद्वारा रक्तदान

    भैरहवा, ७ असोज ।
    नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । ‘हामी सेवा गर्छौं’ भन्ने नाराका साथ सामाजिक सेवा दिवस–२०७९ को अवसरमा बिहीबार बेलहियामा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा रेडक्रस बेलहिया उपशाखाका कोषाध्यक्ष माधव शर्माले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका उपसभापति दीपक क्षेत्री न्यौपानेले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन रेडक्रस बेलहिया उपशाखालाई आग्रह गरे । विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

    रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति सुमन शर्माले डेंगी नियन्त्रण र रोकथाम अभियानले सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको बताए । कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको रेडक्रस बेलहिया उपशाखाका सचिव राकेश गुरुङले बताए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij