images

शनिवार, बैशाख १५ गते २०८१

नियमपूर्वक कार्य गर्न जनप्रतिनिधिलाई अभिमुखीकरण

नियमपूर्वक कार्य गर्न जनप्रतिनिधिलाई अभिमुखीकरण

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • नियमपूर्वक कार्य गर्न जनप्रतिनिधिलाई अभिमुखीकरण

    भैरहवा, ७ असोज ।
    रुपन्देहीमा सञ्चालनमा रहेका पकेटका कार्यक्रममा देखिएको अन्यौलता चिर्न जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । तीन वर्ष यता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् ।

    images

    कार्यक्रम सञ्चालन गर्दा कार्यविधि मिचेर कार्य सम्पादन हुन थालेपछि भैरहवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको परियोजना प्रमुख नारायण काफ्लेले जानकारी दिए । 

    रुपन्देहीमा चालु आर्थिक वर्षका लागि २० वटा पुराना पकेटको निरन्तरता हो भने १६ वटा नयाँ पकेटका कार्यक्रम सञ्चालन हुँदैछन् ।

    Krishi (1).JPG

    पकेटका कार्यक्रम सञ्चालन गर्न रुपन्देहीमा ४ करोड ५४ लाख बिनियोजन भएको छ । पकेट कार्यक्रम अन्र्तगत धान, तरकारी, गहुँ, बाख्रा, मकै र केराका कार्यक्रम सञ्चालनमा छन् । गत आर्थिक वर्षमा रुपन्देहीमा १७ वटा पकेटका कार्यक्रम हुन सकेका थिएनन् । अधिकांश स्थानीय तहले पशुपालनतर्फका पकेट सञ्चालन गर्न सकेनन् । कृषितर्फका पकेटको कार्यसम्पादन भने केही सुधारउन्मुख थियो । कार्यविधिमा भएको अन्यौलताले कार्यसम्पादनमा समस्या आएको कृषि तथा पशु प्रविधिकहरुको भनाइ छ ।

    एउटा पकेट दुई वर्षपछि संख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपरजोनमा स्तरवृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रुपान्तरित हुन सकेका छैनन् । एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । तर, स्थानीय तहले फरकफरक गाउँमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । परियोजनाले कार्यविधि मिचेर कार्य सञ्चालन नगर्न सबै स्थानीय तहका प्रमुख तथा सम्बन्धित फाँटका कर्मचारी स्पष्ट पारेको छ । यता, जनप्रतिनिधिहरुले भने कार्यविधि संशोधन गरेर भए पनि आफू अनुकुलका कार्यक्रम सञ्चालन हुनपर्ने माग गरेका छन् ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij