शुक्रवार, आश्विन ५ गते २०८०

विभिन्न कार्यक्रम गरी रेविज सप्ताह–२०७९ मनाइँदै

विभिन्न कार्यक्रम गरी रेविज सप्ताह–२०७९ मनाइँदै

images
images

खबर पात्रो

७, आश्विन २०७९
  • 1.3K
    SHARES
  • विभिन्न कार्यक्रम गरी रेविज सप्ताह–२०७९ मनाइँदै

    भैरहवा, ७ असोज ।
    रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारी, अन्तर्राष्ट्रिय भेटेरिनरी विद्यार्थी संघ पक्लिहवा र नेपाल भेटेरिनरी संघ लुम्बिनी प्रदेशको संयुक्त आयोजना तथा सिद्धार्थनगर नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र रोटरी क्लब अफ भैरहवाको सहयोगमा रेविज सप्ताह–२०७९ को बिहीबार सुरुवात गरिएको छ ।  कार्यक्रममा श्री बेलहिया माध्यमिक विद्यालय र श्री भानु माध्यमिक विद्यालयका विद्यार्थीलाई रेविज, यसको लक्षण र बच्ने तरिकाबारे जानकारी गराउँदै जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष अंकित पौडेलले बताए ।

    रेविज सप्ताह–२०७९ अन्तर्गत असोज ७ गते श्री सुंसस्कृत मावि र भैरहवा माविमा जनचेतनामूलक कार्यक्रम, ८ गते जनचेतनामूलक कार्यक्रम गरिएका विद्यालयहरुबीच वक्तृत्वकला प्रतियोगिता, रेबिजको बारेमा भिडियो देखाउने, ९ गते सिद्धार्थनगर नगरपालिकाभित्र रहेका विद्यालयमा जनचेतनामूलक ब्यानर टाँस्ने तथा १० र ११ गते छाडा कुकुरलाई रेबिजविरुद्ध खोप तथा टल्किने कोलार लगाउने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।

    images
    images
    307847946_815089306343768_1948446000482481896_n.jpg

    images
    प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०६:४३:५६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij