२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोगको निर्देशन

बिहिवार , आश्विन ६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ६ असोज ।

    निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । 

    निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना असोज ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरूलगायत सबै सार्वजनिक निकायहरूलाई निर्देशन दिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । न्युज कारखाना