शुक्रवार, आश्विन ५ गते २०८०

वल्डलिंकको फेस्टिभिटि अफर सार्वजनिक

वल्डलिंकको फेस्टिभिटि अफर सार्वजनिक

images
images

खबर पात्रो

६, आश्विन २०७९
  • 1.6K
    SHARES
  • वल्डलिंकको फेस्टिभिटि अफर सार्वजनिक

    भैरहवा। नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वल्र्डलिंकले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी फेस्टिभिटि अफर ल्याएको छ। वल्डलिंकले विगतको जस्तै दशैलाई थप खुशी थप्ने क्रममा वल्र्डलिंकको फेस्टिभिटि अफर ल्याएको कम्पनीले जनाएको छ । 

    यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो प्याकेज फास्ट अफर अन्तर्गत रु १,०५० प्रति महिना वार्षिक सदस्यतामा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमविपिएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीका भैरहवा शाखा प्रमुख बिजय बुढाथोकीले जानकारी दिए । 

    images
    images

    दुई राउटर्स प्याकेज अन्तर्गत रु १,०५० प्रति महिना वार्षिक सदस्यतामा ग्राहकहरुले नोकिया बिकोन वान प्वाईन्ट मेस राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमविपिएस इन्टरनेट सेवा प्राप्त गर्न सक्ने कम्पनीका शाखा प्रमुख मिलन पौडेलले जानकारी दिए । 

    त्यस्तै सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने स्मार्ट अफर अन्तर्गत रु १,०५० प्रति महिना वार्षिक सदस्यता नोकिया बिकोन वान प्वाईन्ट मेस राउटर, २०० एमविपिएस इन्टरनेटको इन्टरनेट सेवाका साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेट टिभि मात्र रु १५० मा प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

    यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि नयाँ तथा हालका लागु हुनेछ।

    नेट टिभि फेस्टिभिटि अफर 
    नेपालीहरुको महान चाड दशैंको अवसरमा, नेपालको अग्रणी सेवा प्रदायक नेट टिभिले नेट टिभि फेस्टिभिटि अफर दशैं अफर ल्याएको छ। यस दशैँ अफरमा नेट टिभिले टिभि, नेट टिभि खरिदको बन्डल अफर सुपथ मुल्यमा बजारमा ल्याएको कम्पनीले जनाएको छ। 

    यो अफर अन्तर्गत नेटटिभिको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यसुदाको ३२ इन्चको एलईडि टिभि वा ४३ इन्चकोे स्मार्ट टिभि खरिद गर्ने सक्नेछन ।

    ३२ इन्चको टिभिको सेट टप बक्स र एक वर्षे प्लानको मुल्य टिभि सहित रु १४ हजार ९९९ रहेको छ भने ४३ इन्चको सेट टप बक्स र एक वर्षे प्लानको मूल्य टिभि सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट ५०० लाग्ने जनाईएको छ।

    images
    प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १९:२२:११ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij