आइतवार, आश्विन ९ गते २०७९

गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

images
images

खबर पात्रो

६, आश्विन २०७९
  • 129
    SHARES
  • गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

    भैरहवा, ६ असोज ।
    नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो । 

    दसैं विदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ । सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन् ।

    images

    अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूवी रुकुममा नेपाल बैंकमार्फत नयाँ नोट पठाइएको छ ।

    बैंकले यस अघि भदौ २६ गतोबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ । पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ । अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन् । रुपन्देहीको हकमा सर्वसाधरणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ । न्युज कारखाना

     

    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०९:२१:२५ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend