बुधवार , आश्विन ५, २०७९
बुटवल, ५ असोज ।
४१ औं अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । रुसलाई युक्रेन माथि तत्काल युद्ध रोक्न आग्रहसहित युद्ध निषेध, शान्ति विशेष, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध : शान्ति विशेष, रुस : युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुस : युक्रेनमाथि आक्रमण बन्द गर, रुस : युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, लगायतका विभिन्न प्लेकार्डसहित बुटवलको राजमार्ग चौराहामा आधा घण्टा प्रदर्शन गरिएको हो ।
सो अवसरमा बोल्दै समाजका केन्द्रिय सचिव मीना ढकालले हिंसाको भविष्य नरहेको भन्दै शान्ति कायम गर्न बुधबार देशभर प्रदर्शन गरिएको बताए ।
सो अवसरमा बोल्दै समाज रुपन्देहीका निवर्तमान सभापति डिपि खनालले द्वन्द्वरहित समाज बनाउनुपर्ने बताए । समाजका सभापति खिमप्रसाद भट्टराई कृष्णले शान्ति समाज सधै शान्तिको पक्षमा लागिरहने उल्लेख गरे ।
समाजका रुपन्देही उपसभापति कपिल ज्ञवालीले विश्वमा शान्ति फैलाउन शान्तिभूमि रुपन्देहीबाट दबाबमूलक कार्यक्रम गरिएको बताए । शाखा सभापति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण पाण्डेले गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij