
बुधवार , आश्विन ५, २०७९
भैरहवा, ५ असोज ।
असोज २८ गते देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लुम्बिनी प्रदेशको टीमका लागि ह्यान्डबल खेलको प्रादेशिक छनौटका लागि रुपन्देही जिल्लाको ह्यान्डबल खेलाडीहरुको छनौट सम्पन्न भएको छ ।
रुपन्देहीको भैरहवामा भएको छनौटमा पुरुषतर्फ आकाश राना, अकृश राज शाक्य, हेमन्त थापा, सुजन नेपाली, विष्णु चौधरी, हरि नारायण चौधरी, प्रथम गुरुङ, किरण अस्लामी, राजेश चौधरी, ओम बहादुर थापा, रोहित थारु र शरण क्षेत्री रहेका छन् । हेमन्त थापा र शरण क्षेत्री यसअघिको दक्षिण एशियाली खेलमा सहभागी भइसकेका खेलाडी हुन् ।
त्यसै गरी महिलातर्फ अर्चना न्यौपाने, ममता कुमारी बानिया, मयुरी श्रेष्ठ, समिता गुरुङ, मनिता गुरुङ, ऐन्जिला पुन, छाया वि.क., अञ्जु न्यौपाने, एकता कुंवर, गोमा शाह, रञ्जना न्यौपाने र शान्ती शाही छनौट भएको प्रशिक्षक कृष्ण बहादुर शाक्यले बताए ।
छनौट भएका खेलाडीहरु दाङमा हुने प्रादेशिक छनौट खेल खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । खेलाडीहरुलाई रुपन्देही ह्यान्डबल संघले एक कार्यक्रमका आयोजना गरी विदाई गरेको छ । उनीहरुलाई संघका जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक जीवन बस्नेत, सचिव सफल बस्नेत, ह्यान्डबलका पूर्व खेलाडी तथा संघका सदस्य मनोरञ्जन शर्मा लगायतले टीका लगाई खादा ओढाई विजयी हुन शुभकामना साथ विदाई गरेका थिए । टीमसँगै प्रशिक्षक शाक्य र व्यवस्थापक रीता पाण्डे खत्री दाङ प्रस्थान गरेका छन् । दाङमा असोज ६ र ७ गते छनौट प्रतियोगिता हुँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij