२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

जुवातास खेलिरहेको अवस्थामा साढे दुई लाख नगदसहित आठ जना पक्राउ

बुधवार , आश्विन ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • सुनसरी, ५ असोज । धरान उपमहानगरपालिका–१० स्थित हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने ३३ वर्षीय जीवन बस्नेत लगायत रहेको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद २ लाख ५२ हजार ८ सय ३५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।