
बुधवार , आश्विन ५, २०७९
बुटवल, ५ असोज ।
साना तथा लघु उद्यम मन्त्रालय भारत सरकारको सहयोगमा निर्मला महिला सिल्पकला केन्द्रको आयोजना तथा बासुरी ईभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा नेपाल मेडिकल शो दोभानमा सुरु भएको छ । नेपाल र भारतबीच हेल्थ केयर ट्रेड, नेपाली विद्यार्थीहरुको लागि जागिर, मेडिकल, टेक्निकल, मेकानिकल र वैज्ञानिक ज्ञान विकास गर्ने, व्यवसायिक दक्षता वृद्धि र वैज्ञानिक तथा मेडिकल रिसर्च विकास गर्ने उदेश्यका साथ सोमबारदेखि चारदिने प्रदर्शनी सुरु गरिएको हो ।
निर्मला महिला सिल्पकला केन्द्रका सचिव निर्मला वर्माले भारत सरकारसंग सहकार्य गरी एनजीओमार्फत तालिम, सचेतना कार्यक्रमहरु गर्दै आएको बताए । यसै अन्र्तगत नेपाल–भारतको व्यापारिक, शैक्षिक उन्नययन लागि प्रदर्शनी गरिएको बताइन् । केन्द्रको सितापुर लखनउमा कार्यालयमा रहेको छ ।
बायोभर्स टेक्नोलोजीज प्रालिका जी.एम. आकाश सिंहले नेपालमा कोभिड संक्रमणको समय मेडिकल किटको ठूलो समस्या व्यहोर्नुपरेको भन्दै उनले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय मेडिकल उत्पादकहरुलाई भित्राएर प्रत्यक्ष सम्पर्कको अवसर सृजना गर्ने काम आफुहरुले गरेको दावी गरे । प्रत्यक्ष उत्पादनसँग सम्पर्क गराउँदै रोजगार, विजनेश समेतको अवसर सृजना गर्ने रुपमा गरिएको उनले बताए । दुई राष्ट्रबीच मेडिकल व्यापार बढाउने योजनाका साथ विद्यालयस्तरका बालबालिकाहरुलाई समेत आकर्षण गर्ने रुपमा भविष्यमा रोजगार, विजनेशको फिल्ड देखाउने काम गरेको उनले बताए । मेडिकल, कर्मश, स्थानीय क्षेत्रमा मानिसहरुलाई सम्पर्क गराएर रोजगार, बजारीकरण लगायतको अवसर दिने रुपमा कार्यक्रम गरिएको उनले बताए ।
ओमेक्स हेल्थकेयर प्रालि, एसएम बायोटेक, जिनिसस ल्याब सोलुसन लगायत कम्पनीका अस्पताल, रिसर्च ल्याब, बायोटेकेनोलोजी, हेल्थ केयर डिपार्टमेन्टमा उपयोगी हुने लाईफ साईन्स डेभलोपका सामानहरु अटोक्लिप, वाटरवाथ, लाईगेसन बाथ, पीसीआर मेशिन, माईक्रोस्कोप, सेन्ट्रिफ्युज, डबल डेस्निलेसन युनिट, पिएच मिटर, स्पेक्ट्रोफोटो मिटर आदि प्रदर्शनीमा राखिएका छन । प्रदर्शनीमा क्यानडा, श्रीलंका, अमेरिका र १२ भारतको स्टल गरी २० वटा स्टल छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij