२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : मन्त्री शर्मा

मंगलवार , आश्विन ४, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् ।

    मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए ।

    उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफु ढुक्क रहेको धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माणमा केहि ढिलाई मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । उनले  इतिहासको बिषय भएका कारण सवै पीडितको सत्य न्याय र परिपुरणको अधिकारको सुनिश्चीत गर्न सफल हुने विश्वास व्यक्त गरे । 

    त्यस्तै मन्त्री कोईरालाले सरकारले बिभिन्न मापदण्डका आधारमा द्धन्दपीडितको बर्गिकरण गरिएको जानकारी दिए ।