आइतवार, आश्विन ९ गते २०७९

प्रेमगीत ३’ ले चलचित्र क्षेत्र दुई चिरा

प्रेमगीत ३’ ले चलचित्र क्षेत्र दुई चिरा

images
images

खबर पात्रो

४, आश्विन २०७९
  • 115
    SHARES
  • प्रेमगीत ३’ ले चलचित्र क्षेत्र दुई चिरा

    काठमाडौं, ४ असोज।‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् ।

    ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ ।

    images

    चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उनीहरूले लगाएका छन् ।निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका छन् ।

    उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका छन् ।तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन् । ‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ ।न्युज कारखाना

     

    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १४:४३:३० बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend