२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

माइतीघरमा नागरिकताविहीनको धर्ना (फोटो फिचर)

मंगलवार , आश्विन ४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ४ असोज । नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ ।

    नागरिकता विधेयक २०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरुले धर्ना दिएका हुन् ।‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ । 

    संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन । यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएकको छ । न्युज कारखाना