मंगलवार , आश्विन ४, २०७९
भैरहवा, ४ असोज । रुपन्देहीका तीज जना पत्रकार विभूषित हुने भएका छन् । अग्रज पत्रकार दीलिप भट्टराई, चेतन पन्त र यमलाल भुसाल विभूषित हुने भएका हुन् । भट्टराई सुप्रवल जनसेवा श्री, पन्त र भुसाल नेपाल प्रवीण सेवा पदकबाट विभूषित हुने भएका छन् । सरकारले तीनै जनालाई पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने उक्त पदकबाट उनीहरु विभूषित हुने भएका छन् ।
भट्टराई स्वास्थ्य क्षेत्रमा क्रियाशिल छन् । उनी नेपाल क्यान्सर सपोर्ट गु्रपका अध्यक्ष समेत हुन् । पत्रकार पन्त लुम्बिनीको प्रचारप्रसारमा लामो समयदेखि क्रियाशिल छन् । पत्रकार भुसाल राज्य टेलिभिजनमा आबद्ध छन् । उनी विगत लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशिल छन् ।
संविधान दिवसको अवसर पारेर सरकारले सोमबार विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij