२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

भैरहवा नमूना माविका अध्यक्ष गुप्तालाई समाजसेवा रत्न पदक

सोमवार , आश्विन ३, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ३ असोज ।
    भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्तालाई सरकारले समाजसेवा रत्न पदकबाट सम्मान गर्ने घोषणा गरेको छ ।

    समाजसेवामा निरन्तर क्रियाशिल रहेको भन्दै भैरहवा निवासी गुप्तालाई सरकारले उक्त पदकबाट विभूषित गर्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने उक्त पदकबाट गुप्ता विभूषित हुने भएका छन् ।

    गुप्ता भैरहवा नमूना क्याम्पसका अध्यक्ष, भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष, कान्दु वैश्य सेवा समिति लुम्बिनी प्रदेशका अध्यक्ष, रुपन्देही यूवा समूहका संस्थापक लगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् ।

    संविधान दिवसको अवसर पारेर सरकारले सोमबार विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको हो ।