२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

समाजसेवी ज्ञानु पौड्याललाई सुप्रवल जनसेवा श्री पदक

सोमवार , आश्विन ३, २०७९

भैरहवा, ३ असोज ।
समाजसेवी ज्ञानु पौड्याललाई सरकारले सुप्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । महिला, बालबालिकासँगै सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेको भन्दै भैरहवा निवासी पौड्याललाई सरकारले उक्त पदकबाट विभूषित गर्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने उक्त पदकबाट पौड्याल विभूषित हुने भएकी छन् ।

नमुना एकीकृत विकास परिषदकी कार्यकारी निर्देशक पौड्याल जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समेत अध्यक्ष हुन् । उनी विभिन्न संघ-संस्थामा आबद्ध छिन् ।

संविधान दिवसको अवसर पारेर सरकारले सोमबार विभूषित हुनेहरूको नामावली सार्वजनिक गरेको हो ।