२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

संविधानको दिवसको अवसरमा राईजिङ्ग क्लबद्वारा दीप प्रज्जवलन

सोमवार , आश्विन ३, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३ असोज ।
    संविधान दिवसको अवसर पारेर राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा दीप प्रज्जवलन गरेको छ । सोमबार सांझ भैरहवास्थित देवकोटा चोकमा दीप प्रज्जवलन गरिएको कार्यक्रम संयोजक सुजल पौडेलले बताए । उनले वर्षाको बाबजुद कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।

    दीप प्रज्जवलन पश्चात बोल्दै राईजिङ्ग क्लब नेपालका संस्थापक अध्यक्ष सागर न्यौपानेले संविधान दिवस भव्य रुपमा मनाउनुपर्ने बताए । आगामी दिनमा पनि यो दिवस भव्य रुपमा मनाउनुपर्ने उनले बताए ।

    क्लबका कोषाध्यक्ष आशिष पन्तले गत वर्ष संविधान दिवसको अवसरमा देवकोटाचोकदेखि मिलनचोकसम्म सम्पूर्ण व्यवसायिक प्रतिष्ठानमा पुगेर शुभकामना दिदै दीप प्रज्जवलन गरिएको स्मरण गरे ।

    क्लबका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक सुजल पौडेलको स्वागत तथा सचिव आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।