सोमवार , आश्विन ३, २०७९
बुटवल, ३ असोज ।
मोबाइल उत्पादक तथा वितरक कम्पनी भिएस गु्रप प्रा.लि.ले क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका बिभिन्न मोडलका मोबाइल फोनहरु बजारमा ल्याएको छ । आगामी दशैं, तिहार छठ जस्ता चाडपर्वहरुलाई मध्यनजर गरेर गुणस्तरीय, सस्तो र सुलभका साथै प्रयोग गर्न सहज प्रकृतिका मोबाइल सेटहरु बजारमा ल्याएको हो ।
ग्राहकहरुको चाहना, बजारको आवश्यक्ता र मागअनुसार एक दर्जन बढी विभिन्न मोडलका मोबाइल फोनहरु उत्पादन गरी नेपाली बजारमा ल्याएको नेपालस्थित भिएस ग्रुपका सञ्चालक सुनिता सुवेदीको भनाइ छ । संचालक सुवेदीका अनुसार क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका १२ प्रकारका किप्याड सिस्टम र ५ प्रकारका एन्ड्रोईड स्मार्ट फोनहरुका साथै ल्यापटप, ट्याब्लेटस् र अन्य ग्याजेट्स सामाग्रीहरु बजारमा आएका छन् । विभिन्न ब्राण्डमा ४ जिवी र्यामसहित ६४ जि.बी. क्षमताका मोबाइलहरु रहेको सुवेदीको भनाइ छ ।
सामान्य साक्षर र कम आयश्रोत भएका नागरिकले पनि सहजै प्राप्त गर्न र प्रयोग गर्न सक्ने निकै सस्तो दरका साथै सुबिधाजनक स्मार्ट मोबाईल प्रयोगकर्ताका लागि पनि क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका सबै प्रकारका मोबाइल फोनहरु बजारमा उपलब्ध रहेको बुटवलस्थित डिस्टिब्यूटर्स फोस एस मल्टी बिजनेश प्रा.लि.का सञ्चालक विजय बर्नवालले बताए । बुटवलमा आयोजित विक्रेता भेलामा सहभागिहरुले मोबाइल फोनको आवश्यकता र औचित्य पुष्टि गर्ने खालका ब्राण्डहरुको माग अत्याधिक रहेको बताए ।
सो अवसरमा मोबाइल विक्रेता संघ रुपन्देहीका अध्यक्ष विष्णु ज्ञवाली, व्यवसायीहरु विशाल आचार्य, केशव खनाल, कम्पनीका राष्ट्रिय विक्री प्रबन्धक विनोद बराल, क्षेत्रीय विक्री प्रबन्धक विजय पाण्डे लगायतले नागरिकको सुबिधा र समयको माग अनुसार जनताले स्वीकार र ग्रहण गर्ने प्रकारका मोबाइल सेटहरुको बजारमा प्रशस्त माग रहेको चर्चा गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij