सोमवार, जेठ १५ गते २०८०

विश्व पर्यटन दिवस : बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी

विश्व पर्यटन दिवस : बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी

images
images

खबर पात्रो

३, आश्विन २०७९
  • 1.3K
    SHARES
  • विश्व पर्यटन दिवस : बेलहियामा विशेष कार्यक्रम गर्ने तयारी
    फाइल तस्विर

    भैरहवा, ३ असोज । 
    २७ सेप्टेम्बर अर्थात विश्व पर्यटन दिवसको अवसरमा यस वर्ष लुम्बिनी प्रदेशको बेलहियामा विशेष कार्यक्रम गर्ने गरी तयारी थालिएको छ । लुम्बिनी पर्यटन विकास परिषदको अगुवाइमा हुने कार्यक्रम सफल बनाउन सिद्धार्थ होटल एशोसियसन (सान), नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा), सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो), नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रेस क्लब रुपन्देहीको सहकार्यमा पर्यटनसँग सरोकारित विभिन्न निकायसँग मिलेर कार्यक्रम गर्न थालिएको छ । 

    आगामी असोज ११ गते विश्व पर्यटन दिवस मनाउन पर्यटन क्षेत्रका संघ–संस्थाको प्रमुखहरुको भेलाले पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सि.पी.) को संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी, वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापा, सोट्टोका अध्यक्ष संजय बजिमय, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पर्यटन पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष नरेश केसी, सिद्धार्थ होटल एशोसियशनका उपाध्यक्ष किशोर जोशी, महासचिव रजिन्द्र घिमिरे, सोट्टोका वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ता, नाट्टाका सीता बस्याल, पर्यटन व्यवसायी ओमप्रकाश श्रेष्ठ र सदस्य सचिव पर्यटन डिभिजनका प्रमुख मुक्ति पाण्डे रहेका छन् । 

    images

    बैठकले असोज ६ गते बिहीबार भैरहवामा नेपाल र भारतका पत्रकारहरु सहभागी गराई पत्रकार सम्मेलन गर्ने र ११ गते बिहान प्रभातफेरी तथा त्यसपछि बेलहिया र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन विशेष कार्यक्रम आयोजना गर्ने गरी तयारी थालेको मूल आयोजक समितिका संयोजक समेत रहेका सानका अध्यक्ष सिपी श्रेष्ठले बताए । 

    कोभिडपछिको पर्यटन पुनरुत्थानमा विश्व पर्यटन दिवसमा आयोजना गरिने विभिन्न कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने मूल आयोजक समितिका सदस्य समेत रहेका नाट्टाका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले बताए । 

    बेलहियामा विगत दशकदेखि हरेक दिन पर्यटनसम्बन्धि विभिन्न गतिविधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्र संघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो । 

    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - १८:०५:१२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend