२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लायन्स भैरहवा लिगेसीद्वारा वृद्धाश्रममा फलफूल वितरण

सोमवार , आश्विन ३, २०७९

भैरहवा, ३ असोज ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले सोमबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा फलफूल वितरण गरेको छ । सामाजिक उत्तरदायित्वलाई बहन गर्दै वृद्धाश्रमलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले फलफूल वितरण गरिएको कार्यक्रम संयोजक सुशिल सिंघलले बताए । वृद्धाश्रमलाई नगद सहयोग समेत गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका पूर्वअध्यक्ष तथा जोन चेयरपर्सन राजेन्द्र थापाले लायन्स भैरहवा लिगेसीले सेवा भावले वृद्धाश्रममा फलफूल वितरण गर्नु प्रशंसनीय कार्य रहेको बताए ।

लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वृद्धाश्रममा कार्यक्रम गर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।

समाजसेवी तथा व्यवसायी जगरनाथ अग्रहरीले क्लबको कार्यक्रममा उपस्थिति हुन पाउँदा र थोरै भए पनि सहयोग गर्न पाउँदा खुसीको अनुभुति भएको बताए ।

IMG_1478.JPG

श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेलले लायन्स भैरहवा लिगेसीले उदाहरणीय कार्य गरेको बताइन् ।

क्लबका अध्यक्ष रविकान्त उपाध्यायको अध्यक्षता तथा जोन चेयरपर्सन राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका मानार्थ सदस्य उमाशंकर पाठक, प्रथम उपाध्यक्ष राजन शुक्ला, सन्दिप कुमार अग्रहरी, प्रियंका आचार्य, विनित उपाध्याय, अजय पाण्डे लगायतको उपस्थिति रहेको थियो ।