images

शुक्रवार, चैत्र १६ गते २०८०

‘मिलानो फुटवयर भैरहवा डान्सिङ सुपर स्टार सिजन–२’ सम्पन्न 

‘मिलानो फुटवयर भैरहवा डान्सिङ सुपर स्टार सिजन–२’ सम्पन्न 

images
images
images
सोमवार, आश्विन ३ २०७९
सोमवार, आश्विन ३ २०७९
  • ‘मिलानो फुटवयर भैरहवा डान्सिङ सुपर स्टार सिजन–२’ सम्पन्न 

    भैरहवा, ३ असोज ।
    रुद्रदेवी कला केन्द भैरहवाको आयोजनामा शनिबार ‘मिलानो फुटवयर भैरहवा डान्सिङ सुपर स्टार सिजन–२’ सम्पन्न भएको छ । कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरुको आत्मबल र नृत्य कौशल अभिवृद्धि होस् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै कला केन्द्रका सञ्चालक सुनिल गुप्ताले यस किसिमको रियालिटी शो ले प्रतिभाशाली कलाकारको क्षमतालाई पहिचान गर्न सहज हुने बताए । उनले कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन आफू र आफ्नो सिंगो टीम सदैव लागिपरेको बताए । 

    प्रतियोगितामा निर्णायक मण्डलको मुल्यांकनतर्फ शुभांगी आर एल राना विजेता, आचल थापा फस्ट रनर अप तथा आराध्या सिंह सेकेन्ड रनर अप बन्न सफल भएका थिए ।  

    कार्यक्रमको भीवर्स चोइसतर्फ प्रिस्कीला आले मगर विजेता, योग्यता गिरी फस्ट रनर अप तथा व्रिस्टि क्षेत्री सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।

    307330626_376672497860642_425648331962282615_n.jpg

    निर्णायक मण्डलको विजेताले नगद रु. १४ हजार ९ सय ९९, फस्ट रनर अप सेकेन्ड रनर अपले क्रमशः रु.९ हजार ९ सय ९९ र ४ हजार ९ सय ९९ साथमा प्रमाणपत्र, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसै गरी भीवर्स चोइसतर्फको विजेताले नगद रु. ४९ हजार ९ सय ९९, फस्ट रनर अप सेकेन्ड रनर अपले क्रमशः रु.२९ हजार ९ सय ९९ र ९ हजार ९ सय ९९ साथमा प्रमाणपत्र, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सम्पूर्ण विजेताले म्युजिक भिडियोमा खेल्ने अवसरको साथै टप फाइनालिस्टलाई तीनवर्षे टी–डिप्लोमा डान्स कक्षा निःशुल्क दिइने आयोजकको भनाइ छ ।

    भैरहवामा संचालित ग्रान्ड फिनाले कार्यक्रमको अडिसन असार ५ गते देखि सुरु भएको हो । प्रमुख प्रायोजकको रुपमा मिलानो फुट वेयर रहेको कार्यक्रम प्रतियोगिताको विभिन्न चरण पार गर्दै करिब २ महिना पश्चात फाइनल सम्पन्न भएको हो ।
    रुद्रदेवी कला केन्द भैरहवाका सञ्चालक सुनिल गुप्ताको अध्यक्षता, समाजसेवी प्रख्यात बन्जाडेको प्रमुख आतिथ्यता तथा संचारकर्मीद्वय चित्र गुरुङ र एलिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij