
आइतवार , आश्विन २, २०७९
बुटवल, २ असोज ।
राउण्ड टेबल नेपालले फोहोरमैला व्यवस्थापन अभियान अन्तर्गत डस्टबीन वितरण गरेको छ । बुटवल टाइगर्स राउण्ड टेबल २८ को आयोजनामा ईलाका प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रहरी कार्यालय बुटवल, सामुदायिक प्रहरी बिट गोलपार्क, ट्राफिक चोक, सुक्खानगर, अमरपथमा १२ थान डस्टबीन वितरण गरेको हो ।
बुटवल राउण्ड टेबल २८ का अध्यक्ष टेबलर उमेश अमात्यले सामाजिक सेवा भावले सहयोग प्रदान गरिएको जानकारी दिए । कार्यक्रम संयोजक टेबलर रिषव वझाका अनुसार प्रहरी कार्यालयमा फोहर व्यवस्थापनका लागि सहयोग प्रदान गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij