२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

निर्वाचन नजिकिएसँगै कमल थापालाई छिमेकी भेट्न भ्याई नभ्याई

आइतवार , आश्विन २, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडाैं, २ असाेज ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन् ।

    साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरूबारे खोलेर कुरा गरेका थिए ।

    राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले दिएका थिए । राप्रपाबाट बाहिरिनु रहर नभई बाध्यता भएको उनको तर्क थियो । उनले महाधिवेशनमा भएको घेराबन्दी, धोका, बेइमानी बारे निकै लामो चर्चा गरे । तर, यसबाट बिचलित नभई नयाँ उर्जा र योजनाका साथ कृयाशिल भएको दाबी गरे ।

    मकवानपुरको विकास निर्माणमा आफ्नो योगदान रहेको उनले चर्चा गरे । उनले अधुरो विकास निर्माणलाई मूर्त रुप दिन चुनावी मैदानमा खडा हुन चाहेको पिन स्पष्ट पारे ।

    यसकारण सबैको साथ समर्थन खोजेको बताए । पार्टी, वाद, विचारभन्दामाथि उठेर राम्रो उम्मेदवार चयन गर्नुपर्नेमा थापाको जोड थियो । थापाको यो अभियान सबै वडाहरूमा निरन्तर जारी रहने राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।