२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

घुस रकमसहित पक्राउ परेका उपसचिव विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

आइतवार , आश्विन २, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

    प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख  रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । 

    उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उपसचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ ।