images

शुक्रवार, बैशाख २१ गते २०८१

रेडक्रस सोसाइटी मायादेवी उपशाखाको सभापतिमा विपिन मिश्र

रेडक्रस सोसाइटी मायादेवी उपशाखाको सभापतिमा विपिन मिश्र

images
images
images
आइतवार, आश्विन २ २०७९
आइतवार, आश्विन २ २०७९
  • रेडक्रस सोसाइटी मायादेवी उपशाखाको सभापतिमा विपिन मिश्र

    भैरहवा, २ असोज ।
    नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखा, रुपन्देहीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । मायादेवी गाउँपालिकाको सभाहलमा भएको अधिवेशनले विपिन कुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपशाखाको उपसभापतिमा माया केवट, सचिवमा बैजनाथ गुप्ता, कोषाध्यक्षमा शम्भु तिवारी, सह–सचिवमा विजय पाण्डे र सह-कोषाध्यक्षमा शिवशक्ति बनिया रहेका छन् ।

    images
    images
    images

    त्यस्तै सदस्यहरुमा इमिर्ती केवट, अब्दुल कयुम मुसलमान, शिशिर पौडेल, देवराज लोहार र खेम बहादुर चौधरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत दल बहादुर थापाले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले गाउँपालिका र वडास्तरले मायादेवी उपशाखालाई कार्यक्रम सञ्चालन र सम्पादनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचित हुने कार्यसमितिसँग हातेमालो गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

    मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र पाण्डेयले नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखालाई गाउँपालिकाले सधै सहयोग गर्ने र सामाजिक कार्यमा हातेमालो गर्ने बताए ।

    रेडक्रस मायादेवी उपशाखाका नवनिर्वाचित सभापति विपिन कुमार मिश्र गाउँपालिकासँग सहकार्य गरी मानव सेवामा समर्पित रही रेडक्रसको आदर्श, मूल्य, मान्यता र विधानबमोजिम उत्तरदायी भएर आफ्नो जिम्मेवारी पूर्ण प्रतिवद्धता व्यक्त गरे ।

    IMG-20220918-WA0008.jpg

    रेडक्रस सोसाइटी मायादेवी उपशाखाको तदर्थ समितिका सभापति विपिन कुमार मिश्रको अध्यक्षता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यता, उपाध्यक्ष नर्मदा देवी उपाध्यायको विशिष्ट आतिथ्यता, वडाअध्यक्षहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    रेडक्रस सोसाइटी मायादेवी उपशाखाका सह-सचिव विजय पाण्डेको स्वागत तथा शिशिर पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शम्भु तिवारीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दल बहादुर थापाले सपथग्रहण गराएका थिए । त्यस्तै मायादेवी गाउँपालिकाकी उपाध्यक्ष नम्रदा देवी उपाध्यायले प्रमाणपत्र वितरण गरेकी थिइन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij