२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सर्वोच्च जान लागेका चोलेन्द्रलाई निवासबाटै निस्किन रोक

आइतवार , आश्विन २, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २ असोज ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन रोक लगाइएको छ।

    आइतबार सर्वोच्च अदालत जाने बताएपछि सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको हो । 

    प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाअभियोग ‘निस्क्रिय’ बनेको निष्कर्षका साथ चोलेन्द्र आज सर्वोच्च फर्कने तयारी गरेका थिए ।

    उनलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । 

    जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।