आइतवार , आश्विन २, २०७९
वासिंगटन, २ असोज ।अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन् ।
महारानीको अन्तेष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विशिष्ट व्यक्तिमध्ये बाइडेन पनि हुन् ।यसअघि क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरु यसअघि नै बेलायतमा छन्।साउदी युवराज मोहमद बिन सलमानलगायतका केही अतिथिलाई बोलाइएको विषयमा विवाद बढेको छ ।
अन्तेष्टि समारोहमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र भारतीय राष्ट्रपति दौपदी मुर्मु सहभागी हुनेछिन् ।त्यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयर र इटालीका राष्ट्रपति सर्जियो माटारेला पनि सहभागी हुने अपेक्षा गरिएको छ ।एजेन्सी
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij