आइतवार , आश्विन २, २०७९
बुटवल, २ असोज ।
रुपन्देहीको आधिकारिक विक्रेता भैरव अटोमोबाईल्स प्रा.लि.को आयोजनामा बुटवलमा नयाँ बाईक लन्च गरिएको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले दुईपांग्रे सवारीमा ग्राहकको रोजाइको पहिलो नम्बरमा पर्ने बजाजको तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी पल्सर एनएस १ सय २५ सीसी बाईक लन्च गरे ।
भैरव अटो मोबाईल्स प्रा.लि.का अध्यक्ष गोपाल बहादुर पोखरेलले बजाजको दशंैतिहार विशेष अफर सुरु भएको जानकारी गराए । बीएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । बाइकको बजार मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरी ४ कलरमा बजारमा ल्याएको छ । योसँगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउनेभैरव अटोमोबाइल्सका संचालक कपिल खड्काले बताए । कम बजेटमा उत्कृष्ट सिरिजको लुक्स भएको उनको दावी गरे । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपांग्रे विक्रीवितरण हुँदै आएको छ ।
कार्यक्रममा भैरव अटोमोबाइल्सका संचालक कृष्ण बहादुर खड्का, ठाकुर खड्का क्षेत्री, बिनिप्रसाद भारी, बजार म्यानेजर सुबिन भारीले बजाज सम्बन्धि राखिएको हाजिरीजवाफ प्रतियोगितामा सही जवाफ दिने दर्शकलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।
चर्चित गायक प्रमोद खरेल र टीका प्रसाईले शनिबार बुटवल झरीमा दर्शकलाई नचाएका छन । एक त झरी अर्को विश्वकर्मा पूजाको दिन राखिएको बजाज पल्सर एनएस १ सय २५ सीसी लन्च कार्यक्रममा गायक प्रमोद खरेल र गायिका टीका प्रसाईले नचाए ।
कार्यक्रममा गायिका टीका प्रसाईले नाई मलाई थाहा छैन, तिम्रो आँखा गाजलेले नहेर मलाई लाज, गायक प्रमोद खरेलले म बाँचेकै तिमीसँग माया लाउन हो, ओए झुमा झुम्कावाली, चाहिदैन तिमी बिनाको, यो कुरा गोप्य नै राखौंला, गाएका थिए ।
यता सुमन कार्कीले उदघोषणसंगै क्यारिकेचर प्रस्तुत गर्दै दशर्कलाई हसाए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाईजन अन्र्तगतको हंसराज हुलास चन्द एण्ड कम्पनीले देशका विभिन्न शहरमा सांगीतिक कार्यक्रममार्फत नयाँ बाइक लन्च कार्यक्रम बुटवलमा पनि भएको हो । पूर्व विर्तामोडदेखि सुरु गरेर इटहरी, जनकपुर, भरतपुर, बुटवल हुँदै नेपालगंजमा पुगेर कार्यक्रम समापन हुने उनले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij