२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

समानुपातिक उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

आइतवार , आश्विन २, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २ असोज
    नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली टुंग्याउने छ । एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको अब टुंग्याइने बताए ।

    संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याउनुपर्नेछ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु हुँदैछ ।  आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । न्युज कारखाना