
आइतवार , आश्विन २, २०७९
भैरहवा, २ असोज ।
काशी नोबल एकेडेमी, सिद्धार्थनगर कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन । शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गरिएको हो ।
कक्षा १२ का विद्यार्थी रितिका पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकेडेमीका प्रिन्सिपल राजेन्द्र घिमिरेले विद्यार्थीको प्रतिभासँगै समयको मागअनुसार अगाडि बढ्न सबै विद्यार्थीलाई सुझाव दिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल श्री रायमाझी, शिक्षक हरि प्रसाद आचार्य, मकबुल अहमद खान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यास्वी कान्दुको स्वागत तथा आकांक्षा श्रेष्ठ र रिसब पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच काशी नोबल एकेडेमी सिद्धार्थनगरले राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको कक्षा १२ को परीक्षामा ३.६५ जीपीए ल्याउने शिवम मिश्र तथा ३.६४ जीपीए ल्याउने शिया लिम्बु र कुसुम शर्मालाई सम्मान गरेका छ । उनीहरुलाई खादा, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । त्यसै गरी नगरमा उत्कृष्ट हुन सफल विद्यार्थीसहित विद्यालयमा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई विद्यालयले यही असोज ४ गते मंगलबार सम्मान गर्ने कार्यक्रम रहेको प्रिन्सिपल घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij