
शनिवार , आश्विन १, २०७९
बुटवल, १ असोज ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले आफ्ना सदस्य तथा अग्रज पत्रकार सुर्य श्रेष्ठ आजादको निधनप्रति दुःख व्यक्त गरेको छ । अधिवक्ता तथा सामाजिक व्यक्तित्व श्रेष्ठको शनिबार बिहान बुटवल उपमहानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो । प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीद्वारा जारी विज्ञप्तीमा उहाँको दुःखद निधन भएको खबरले स्तब्ध भएको जनाइएको छ ।
‘शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ प्रेस चौतारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनी लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । समाजसेवी श्रेष्ठ पूर्व जनप्रतिनिधि समेत थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij