२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

पेस्तोलसहित बुटवलबाट एक जना पक्राउ

शुक्रवार , भाद्र ३१, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, ३१ भदौ ।

    रुपन्देही प्रहरीले रिभल्वर पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शुक्रबार बुटवल ९ इटाभट्टीमा रहेको होटल नमोबुद्धबाट ३३ वर्षीय सन्तोष सलामीलाई नियन्त्रणमा लिएको हो ।

    बाग्लुङ दगातुन्डाँडा घर भइ बुटवल उप–महानगरपालिका ८ सुख्खानगर बस्ने सलामीको साथबाट रिभल्वर पेस्तोल १ थान, सोही रिभल्वर पेस्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    उनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुमती लिई अनुसन्धान भइरहेको रुपन्देहीको भनाइ छ । न्युज कारखाना