२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुँदै

शुक्रवार , भाद्र ३१, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, ३१ भदौ ।
    शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेश योजना आयोग र नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुने भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुटवलमा एकदिने वैज्ञानिक संगोष्ठी हुने भएको हो । 

    कार्यक्रममा नेपाल केमिकल सोसाईटीका अध्यक्ष डा. कृष्ण प्रसाद शर्माले सरोकारवाला अनुसन्धानविज्ञ र प्राध्यापकहरु जमघट गराइ लुम्बिनी प्रदेशमा विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवस्थाबारे कार्यक्रम गरिने बताए । उनले शैक्षिक हबका रुपमा विकास भएको रुपन्देही जिल्ला विज्ञान अध्ययन र अध्यापनमा भने पछि परेको दुखेसो गरे । 

    कार्यक्रममा मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्न चाहना अनुसार अघि बढेको बताए । विज्ञान र प्रविधि प्रतिष्ठान स्थापना गर्ने योजनाअनुसार अघि बढेपनि नितिगत समस्या भएको बताए । करीब साढे ६ करोडमा पुर्वाधार तयार भए पनि कानून तयार नहुदा रोकिएको उनले दुखेसो गरे । लुम्बिनी प्राविधिक विद्यालय स्थापना भइसकेको र सियारीमा साईन्स म्युजियम शिलान्यास भएको उनले बताए ।