२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा आश्रममा फलफूल वितरण

शुक्रवार , भाद्र ३१, २०७९

तिलोत्तमा, ३१ भदौ ।
तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो ।

तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) रुपन्देहीका सचिव यज्ञ गैरेले संस्थाले आफ्नो स्थापना दिवसमा सामाजिक र मानवीय कार्य गरेको भन्दै यस्ता कामलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए ।

त्यस अवसरमा संस्थापक अध्यक्ष झबिन्द्र प्रसाद कंडेल, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष एवं संरक्षक रामजी घिमिरे, तिलोत्तमा चेम्बर अफ कमर्सका पूर्व सल्लाहकार यमदत्त सुवेदी, प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

चेम्बर अफ कमर्सले विगतदेखि नै व्यवसायिक हकहितको रक्षाका लागि विभिन्न काम गर्नुका साथै सामाजिक र रचनात्मक कार्य गर्दै आएको छ ।