२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बजाजले ल्यायो पल्सर १२५ सीसी एनएस बीएस–६

शुक्रवार , भाद्र ३१, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३१ भदौ ।
    बजाजको नयाँ मोडेल बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ बजारमा आएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हँसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्ना डिलरमार्फत देशव्यापी रुपमा भदौ २८ गतदेखि बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ बजारमा विक्रीवितरण सुरु गरेको हो ।

    भैरहवा क्षेत्रका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता बज अटोमोबाइल्स प्रा.लि. ले  शुक्रबार उक्त मोटरसाइकलको लन्चिङ गरी विक्री शुभारम्भ गरेको छ । मोटरसाइकलको एक कार्यक्रमकाबीच बज अटोमोबाइल्स प्रा.लि.का सञ्चालक गुरु प्रसाद क्षेत्रीले लन्चिङ गरेका हुन् ।

    सो अवसरमा बोल्दै सञ्चालक क्षेत्रीले बजाज पल्सर १२५ सीसी एनएस बीएस–६ कम्प्युटर सेग्मेन्टमा बजारमा लिएर आएकाले पल्सर एन.एस.को चाहना राख्ने ग्राहकहरुको लागि बजाजले मोटरसाइकल इन्जिनमा हालसम्मकै नविनतम प्रविधि (बीएस–६) लिएर आएको बताए । उनले यो मोटरसाइकल स्पोर्टी लुक्स, स्टाइलिस, भिन्न ग्राफिक्स र अतिरिक्त विशेषतासहित रहेको जानकारी दिए । बजेट र माइलेजको लागि यो मोटरसाइकल अत्यन्तै प्रभावकारी हुने उनको भनाइ छ ।

    यो मोटरसाइकल चार कलरमा उपलब्ध रहेको र हाल यसको बजार मूल्य रु. २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको बज अटोमोबाइल्स प्रा.लि.का व्यवस्थापक बलराम आचार्यले बताए ।