२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

शुक्रवार , भाद्र ३१, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, ३१ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा विरोध दिवस मनाउने भएको छ । 

    बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ।

    ३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैं संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नोपलमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।