२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

शिशु ज्ञान कुन्जको ११ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

बिहिवार , भाद्र ३०, २०७९

बुटवल, ३० भदौ ।  
रुपन्देहीको बुटवल उपमहानगरपालिका–४, आदर्शनगरस्थित शिशु ज्ञान कुन्जले ११ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष चन्दा रावल, नेपाल सरकारका पूर्व उपसचिव तथा विद्यालयकी पूर्व अभिभावक सविता निरौला, विद्यालयकी प्राचार्य रीता शर्मा लगायतले आ–आफ्ना भनाइ राखेका थिए । 

विद्यालयका प्रधानाध्यापक शर्माले मन्टेश्वरी बुटवल उपमहानगरपालिकाकै पुरानो र अभिभावककै माया र साथले धेरै अगाडि बढेको अझै साथ सहयोगको अपेक्षासहित रहेको बताइन् ।

कार्यक्रममा विद्यालयका शेयर सदस्य डा. नारायण पन्त, विद्यालयका संस्थापक प्राचार्य बिमला रावल, अभिभावक शान्ति पाठक, दीपक अधिकारी लगायतले मन्तव्य राखेका थिए । विद्यालयकी शिक्षिका तुल्सी थापाका अनुसार विद्यालयमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो ।