२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

राष्ट्रिय बाल दिवसको अवसरमा ‘विद्यार्थीसँग रोट्रयाक्ट भैरहवा’

बिहिवार , भाद्र ३०, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३० भदौ ।
    ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर रोट्रयाक्ट क्लब अफ भैरहवाले सिद्धार्थनगर नगरपालिका–१३ स्थित श्री सुसंस्कृत माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग रोट्रयाक्ट भैरहवा’ कार्यक्रम सञ्चालन गरेको छ ।

    सोही अन्तर्गत क्लबले कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरुलाई सही र गलत सम्बन्धित सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै लिटल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कूलकी प्राचार्य उर्मिला सिलवालले सही र गलत स्पर्शका स्थान र यसबाट आफू कसरी सचेत हुनेबारे बोलेकी थिइन् ।

    त्यस्तै क्लबले बालबलिका अपहरण तथा बेचबिखन सचेतना कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले अहिले सामाजिक संजालमा आएका बालबालिका चोरीका कुराहरु आधिकारिक नरहेको भए तापनि सचेत हुनुपर्ने बताए । उनले बालबालिकाहरु सचेत भइ विभिन्न उदाहरण दिई सचेत हुने उपायबारे जानकारी गराएका थिए ।

    त्यसै गरी क्लबले राम्रो–नराम्रो बानी र पारिवारिक समस्यासम्बन्धी कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अबलोन नेपालकी परामर्शदाता रन्जु शर्माले अहिलेको बालबालिका खेलकुदहरु छाडि मोबाइलमा विभिन्न अनलाईन खेलमा परि शारीरिक व्यायाम जस्ता खेलकुद भुल्न नहुनुे बताइन् । उनले आफू असल बन्ने र पारिवारिक समस्या भए कसरी आफू अघि बढ्ने जस्ता कुराहरुबारे जानकारी गराएकी थिइन् । तीनवटै कार्यक्रमलाई आधार बनाइ वक्तृत्वकला प्रतियोगिता कार्यक्रम पनि सम्पन्न भएको थियो र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । 

    307019896_2097461153769913_8057707323864650908_n.jpg

    कार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा स्वागत मन्तव्य राख्दै रोट्रयाक्ट क्लब अफ भैरहवाकाकी पूर्व अध्यक्ष तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटानकी डी.आर.सी. मेम्बर सरिता रानाले रोट्रयाक्ट भैरहवाको यस कार्यक्रममा समन्वय गर्ने सु–संस्कृत मा.वि.का प्राचार्य लगायत वक्ताहरुप्रति आभार प्रकट गरिन् ।

    कार्यक्रममा बोल्दै रोट्रयाक्ट भैरहवाका अध्यक्ष अंकित पौडेलले क्लबले गत वर्षको बाल दिवसमा पनि कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘अहिले भिन्न खालको कार्यक्रम ल्याउनुको तात्पर्य विद्यार्थीमा सचेत ल्याउनु हो ।’

    रोट्रयाक्ट भैरहवाका अध्यक्ष अंकित पौडेलको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालको प्रमुख आतिथ्यता, सुसंस्कृत माध्यमिक विद्यालयका प्राचार्य रविन्द्र यादवको विशिष्ट आतिथ्यता, लिटल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कूलकी प्राचार्य उर्मिला सिलवाल, अबलोन नेपालका परामर्शदाता रन्जु शर्मा, रोट्रयाक्ट लिट्रेसी मिसिन चेयर जय सिंह थापा, लिट्रेसी मिसिन चेयर रो. जय सिंह थापा भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा, रोट्रयाक्ट भैरहवाकी पूर्व अध्यक्ष सरिता राना, रोटरी भैरहवाका निर्वाचित अध्यक्ष उमेश आचार्य, रोट्रयाक्ट भैरहवाका निवर्तमान अध्यक्ष लक्ष्मण रेग्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । रोट्रयाक्ट भैरहवाका सचिव गोबिन्द प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।