images

आइतवार, बैशाख २३ गते २०८१

भैरहवामा चित्रांस जितिया कार्यक्रम सम्पन्न

भैरहवामा चित्रांस जितिया कार्यक्रम सम्पन्न

images
images
images
बिहिवार, भाद्र ३० २०७९
बिहिवार, भाद्र ३० २०७९
  • भैरहवामा चित्रांस जितिया कार्यक्रम सम्पन्न

    भैरहवा, ३० भदौ ।

    images
    images
    images

    चित्रांस महिला समिति र कर्ण गोष्ठी महिला समूहको आयोजना तथा चित्रगुप्त युवा सेवा समिति भैरहवा, रुपन्देहीको समन्वयमा बुधबार भैरहवामा चित्रांस जितिया कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–६ स्थित चित्रगुप्त मन्दिरको छेउमा उक्त कार्यक्रम गरिएको हो । 

    चित्रांस महिला समितिकी सल्लाहकार मिनु कर्णको अध्यक्षता तथा चित्रगुप्त युवा सेवा समितिका अध्यक्ष रत्नेश मल्लिकको प्रमुख आतिथ्यता, विन्दु मल्लिकको स्वागत तथा अनिता कर्णको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा मीना मल्लिक, दीपक मल्लिक लगायतले बोलेका थिए । कार्यक्रमको व्यवस्थापन चित्रगुप्त युवा सेवा समितिका सचिव विवेकानन्द मल्लिकले गरेका थिए । कार्यक्रममा चित्रांस युथको साँस्कृतिक प्रस्तुति रहेको थियो ।

    306308603_5584318958322971_3813824939081818215_n.jpg

    जितिया पर्व यस वर्ष असोज १ गते शनिबार परेको चित्रगुप्त युवा सेवा समिति भैरहवाका अध्यक्ष रत्नेश मल्लिकले बताए । यो पर्वमा महिला आफ्नो छोराको आयु र दीर्घायुको लागि गर्ने व्रत बस्छन् । भदौ ३१ गते शुक्रवार महिलाहरु मादुवाको रोटी (कोदोको रोटी) र पोठीया माछा खाइ नुहाई धुवाई गरी खाएर अर्को दिन व्रत बस्ने चलन रहेको आयोजक चित्रान्स महिला समितिको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij