images

शनिवार, बैशाख २२ गते २०८१

सामूहिक विद्यालय परिवारद्वारा शैक्षिक सामग्री वितरण

सामूहिक विद्यालय परिवारद्वारा शैक्षिक सामग्री वितरण

images
images
images
बुधवार, भाद्र २९ २०७९
बुधवार, भाद्र २९ २०७९
  • सामूहिक विद्यालय परिवारद्वारा शैक्षिक सामग्री वितरण

    भैरहवा, २९ भदौ । 
    ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा सामूहिक विद्यालय परिवार रूपन्देहीले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रमका बिच सामूहिक विद्यालय परिवारमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

    images
    images
    images

    प्याब्सन केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले बालबालिकालाई समान रुपमा व्यवहार गर्नुपर्छ भन्ने नारा भए पनि उद्देश्य अनुरुप राज्य नलागेकोे बताए ।

    सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकले अझै पनि बालबालिकाहरू शिक्षाको पहुँच भन्दा बाहिर रहेकोले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन राज्यले पहल गर्नुपर्ने बताए ।

    सामूहिक विद्यालय परिवारमा १८ वटा विद्यालय आबद्ध रहेका छन् । १८ विद्यालयका ३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सामूहिक विद्यालय परिवारले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij