images

बुधवार, बैशाख १२ गते २०८१

बोधी रेडसन होटलमा ‘दशैं तिहार अफर’

बोधी रेडसन होटलमा ‘दशैं तिहार अफर’

images
images
images
बुधवार, भाद्र २९ २०७९
बुधवार, भाद्र २९ २०७९
  • बोधी रेडसन होटलमा ‘दशैं तिहार अफर’

    भैरहवा, २९ भदौ । 
    रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित बोधी रेडसन होटलले दशैं र तिहार लक्षित अफर सार्वजनिक गरेको छ । होटलले बुधबार पत्रकार सम्मेलन गरी उक्त अफरबारे जानकारी गराएको छ । होटलको व्यवस्थापनको जिम्मेवारी लिएको शाईनी होटल्स एण्ड रिसोर्टका प्रमुख कार्यकारी अधिकृत दीपक ठाकुरले ९ हजार ९ सय ९९ रुपैयाँमा डिलक्स कोठासहित डिनर र बिहानको नास्ता (ब्रेकफास्ट) समावेश गरिएको जानकारी दिए ।

    images

    सो अफर अन्तर्गत प्याकेजमा लुम्बिनी भ्रमणको व्यवस्था समेत रहेको ठाकुरले जानकारी दिए । दशैं तिहारमा घुमफिर गर्न रुचाउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरी अफर ल्याइएको उनले बताए । उनले भने, यो अफर नेपालीका लागि मात्र नभइ ईच्छुक भारतीय पर्यटकलाई पनि प्रदान गर्नेछौं । आफ्ना अभिभावकसँग आउने बालबालिकालाई पनि सोही प्याकेजमा समेटिएको र यसवापत अतिरिक्त शुल्क लिइनेछैन । 

    अहिले बोधी रेडसन होटलमा ७५ प्रतिशत पर्यटकहरुले कोठा भरिएको ठाकुरले बताए । शाईनीले यस अघि काठमाण्डौंको रुद्र भ्यु, मूनलाइट रिसोर्ट, गोल्डेन गेट लगायतका होटलहरुमा पनि आंशिक व्यवस्थापनको काम हेरेको ठाकुरले जानकारी दिए । बोधी रेडसन होटलमा हाल ९८ वटा कोठा, व्यायामशाला, बैठक कक्ष, वाटर पार्क लगायतका सुविधा रहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij