
बुधवार , भाद्र २९, २०७९
भैरहवा, २९ भदौ ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित सनग्रेस इङ्लिस बोर्डिङ स्कूलले विभिन्न कार्यक्रम गरेको छ । दिवसको अवसर विद्यालयले बुधबार पारेर ¥याली निकालेको छ । विद्यालयको प्रांगणबाट सुरु भएको ¥याली बेथरी बजार हुँदै पुनः विद्यालयमा पुगेर समापन भएको विद्यालयका प्रधानाध्यापक राम समुझ गुप्ताले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा देवी उपाध्यायले शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिका लागिपरेको बताइन् । विशिष्ट अतिथि मायादेवी गाउँपालिका–६ का वडाअध्यक्ष अवधराज यादव, कोटहीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष अमरनाथ यादव, ईलाका प्रहरी कार्यालय बेथरीका प्रमुख रमेश गुरुङ लगायतले बाल दिवसको अवसरमा बोलेका थिए ।
विद्यालयकी छात्रा प्रार्थना राईको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रमोद कुमार यादव तथा शिक्षक संजय कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०६९ सालमा स्थापना भएको सनग्रेस इङ्लिस बोर्डिङ स्कूलमा हाल ३०० जना विद्यार्थी अध्ययनरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij