images

शनिवार, बैशाख २२ गते २०८१

औषधी व्यवसायी संघ रुपन्देहीले मनायो चौथौ स्थापना दिवस

औषधी व्यवसायी संघ रुपन्देहीले मनायो चौथौ स्थापना दिवस

images
images
images
बुधवार, भाद्र २९ २०७९
बुधवार, भाद्र २९ २०७९
  • औषधी व्यवसायी संघ रुपन्देहीले मनायो चौथौ स्थापना दिवस

    बुटवल, २९ भदौ ।
    नेपाल औषधी व्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएको छ । खाना खुवाउने कार्यक्रमको एक समारोहकाबीच संघका निर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै आश्रमलाई सबैको सहयोग जरुरी रहेको बताए । 

    images
    images
    images

    कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाई निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले बताए । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापाले संस्थागतका साथै व्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए । 

    कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समूहका असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताइन् । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसँग सहकार्य गरी मानवताका लागि सांगीतिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताइन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij