२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

पत्रकार महासंघ रुपन्देहीद्वारा ३१६ जना सदस्यको बीमा

मंगलवार , भाद्र २८, २०७९

बुटवल, २८ भदौ । 

नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना ३१६ जना सदस्यहरुको सामुहिक बीमा गरिदिएको छ । सामूहिक बीमा अन्तर्गत दुर्घटनामा १ लाख बराबरको औषधी उपचार दावी गर्न पाउने गरी शिखर इन्स्योरेन्ससँग सम्झौतापत्रमा हस्ताक्षर गरिएको महासंघका रुपन्देही अध्यक्ष रामराज पोखरेलले बताए ।

महासंघ अन्र्तगत रहेका ३१६ जना सदस्यहरुको पेशागत सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग मंगलबार महासंघको कार्यालयमै बीमा सम्झौता गरिएको हो ।

महासंघमा आबद्ध सदस्यहरु कुनै पनि दुर्घटना परेको खण्डमा औषधीउपचार गराउन सहज हुने अपेक्षा गरिएको छ । बीमा सम्झौता मंगलबारबाट नै कार्यान्वयनमा जाने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका बिकास गौतमले बताए ।