images

बिहिवार, बैशाख १३ गते २०८१

नेपाल जेसीजको क्षेत्र घ सम्मेलन तिलोत्तमामा हुने 

नेपाल जेसीजको क्षेत्र घ सम्मेलन तिलोत्तमामा हुने 

images
images
images
मंगलवार, भाद्र २८ २०७९
मंगलवार, भाद्र २८ २०७९
  • नेपाल जेसीजको क्षेत्र घ सम्मेलन तिलोत्तमामा हुने 

    बुटवल, २८ भदौ ।
    जेसीज अभियानमा जोडिएका युवाहरु रुपन्देहीको तिलोत्तमामा भेला हुने भएका छन् । नेपाल जेसीजको आयोजनामा हरेक वर्ष हुने जेसीजको क्षेत्र सम्मेलन अन्र्तगत क्षेत्र घ को आगामी सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने भएको छ । नेपाल जेसीजले आगामी जेसीज वर्ष २०२३ का लागि क्षेत्र घ सम्मेलन आयोजना गर्ने जिम्मेवारी तिलोत्तमा जेसीजलाई प्रदान गरेको छ । 

    images

    जेसीज अभियानमा जोडिएका युवाहरुको क्षेत्रीय सम्मेलनलाई जेसीजको मिनि अधिवेशनको रुपमा लिने गरिन्छ । नेपाल जेसीज अन्र्तगत चार वटा क्षेत्रहरु रहेका छन् । क्षेत्र घ अन्तर्गत पुर्व नवलपुरको गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ । क्षेत्र सम्मेलनलाई जेसीज अभियान महत्वपूर्ण सम्मेलनको रुपमा लिने गरिन्छ । क्षेत्र घ अन्र्तगत ५५ वटा शाखाहरु रहेका छन् भने यस क्षेत्रमा झण्डै ७ हजार भन्दा बढी युवाहरु जेसीज अभियानमा जोडिएका छन् । तिलोत्तमा जेसीजले आयोजना गर्ने क्षेत्र घ सम्मेलनमा २ हजार भन्दा बढी युवाहरु रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भेला हुने भएका हुन् । 

    जेसीजको मिनी अधिवेशनको रुपमा समेत चिनिने क्षेत्र सम्मेलनलाई अर्थपूर्ण अवसरका रुपमा पनि लिने गरिन्छ । विशेषत जेसीसलाई १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको संस्थाको रुपमा लिने गरिन्छ । यसर्थ पनि जेसीजको क्षेत्र सम्मेलनमा सो उमेर समुहका युवाहरुको सहभागिता रहने गर्दछ । नेपालको नमूना नगरपालिकाको रुपमा परिचित तिलोत्तमामा क्षेत्र घ सम्मेलन आयोजना हुनुले समग्र तिलोत्तमा नगरको पर्यटन विकासमा थप टेवा पुग्ने तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकालले बताए । 

    सन् २०१२ मा रुपन्देहीको साविक आनन्दवन गा.वि.स.लाई मुख्य कार्य क्षेत्र बनाएर स्थापना भएको तिलोत्तमा जेसीजले आगामी जेसीज वर्ष २०२३ को लागि क्षेत्रीय सम्मेलन गर्ने अवसर पाउनु तिलोत्तमा नगर मात्र नभएर समग्र रुपन्देहीको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।  देशका विभिन्न क्षेत्रमा सक्रिय र क्रियाशिल युवाहरु तिलोत्तमा नगरमा भेला हुनुले पनि आगामी दिनमा यस क्षेत्रको पर्यटनसँग व्यवसायिक सेवा विस्तारमा पनि सहयोग पुग्ने ढकालको भनाइ छ । 

    यही भदौ २४ र २५ गते कैलालीको टीकापुरमा सम्पन्न भएको नेपाल जेसीज क्षेत्र घ सम्मेलनले आगामी वर्षको सम्मेलनको लागि तिलोत्तमा जेसीजलाई सर्वसम्मत रुपमा पारित गरेको हो । टीकापुरमा सम्पन्न सम्मेलनमा तिलोत्तमा जेसीजका निर्वतमान अध्यक्ष बासुदेव शर्माको संयोजकत्वमा आगामी वर्षको क्षेत्र घ सम्मेलनको लागी शाखाले प्रस्तावना पेश गरेको थियो । 

    नेपाल जेसीजको विधान बमोजिम जेसीजका कुनै पनि सम्मेलन तथा कार्यक्रम आयोजना गर्नको लागी जेसीज सचिवालयमा प्रस्तावना पेश गर्नुपर्ने हुन्छ । सोहीअनुसार तिलोत्तमा जेसीजले पनि आगामी सम्मेलनको लागि पेश गरेको प्रस्तावना सर्वसम्मत रुपमा पाश भएको छ । विशेषत प्रस्तावना पेश गर्ने क्रममा विभिन्न शाखाहरुले पनि प्रस्तावहरु पेश गर्ने गर्दछन । तर तिलोत्तमा जेसीजले गर्ने भनेको सम्मेलनको लागि भने अन्य शाखाहरुले प्रस्ताव समेत पेश नगरी सर्वसम्मतिले तिलोत्तमालाई सम्मेलन आयोजना गर्न साथ दिनुले पनि तिलोत्तमा जेसीज सबै जेसीज मनहरुमा बस्न सफल भएको तिलोत्तमा जेसीजका अध्यक्ष विनित भट्टराईले बताए । 

    यस क्षेत्रमा मात्र हजारांैको संख्यामा युवाहरु जेसीज अभियानमा आबद्ध छन् । क्षेत्र घ सम्मेलन अन्र्तगत मात्र रुपन्देहीको तिलोत्तममा आगामी वर्ष झण्डै एक हजार बढी युवाहरुले सम्मेलनमा भाग लिने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले बताए । सन् २०१७ मा तिलोत्तमा जेसीजले क्षेत्र घ अन्र्तगतका जेसीज शाखा अध्यक्षहरुको भेला सफलतापूर्वक सम्पन्न गरेको थियो । तिलोत्तमा जेसीजले सम्पन्न गरेको शाखा अध्यक्ष भेलाबाट उत्कृष्ट कार्यसम्पादनको अवार्ड समेत प्राप्त गर्न सफल भएको भट्टराईले बताए । 

    उनले भने, ‘सन २०१७ मा म शाखा अध्यक्ष हुदाँ हामीले शाखा अध्यक्षहरुको भेला सफलतापूर्वक सम्पन्न गर्न सफल भएका थियौ र उत्कृष्ट भेला सम्पन्न गरेको भन्दै अवार्ड पनि प्राप्त गर्न सफल भएका थियौ । हामीले वर्ष २०२३ का लागि क्षेत्र घ सम्मेलन पनि सम्पन्न गर्नको लागि सर्वसम्मत रुपमा अवसर पाएका छौं । यो समग्र तिलोत्तमा बासीको लागी मात्र नभएर रुपन्देही जिल्लाकै लागि एउटा महत्वपूर्ण अवसर पनि हो ।’

    तिलोत्तमा नगरपालिका विभिन्न पटक उत्कृष्ट नगरको रुपमा स्थापित पालिका हो । तिलोत्तमामा आयोजना हुने युवाहरुको सम्मेलनले समग्र यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिइएको छ । १८ वर्ष उमेरदेखि ४० वर्ष उमेर समूहका युवाहरुको सम्मेलनले तिलोत्तमा नगरको मात्र नभएर समग्र रुपन्देही जिल्लामा अवस्थित पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारसँगै पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने तिलोत्तमा जेसीजले विश्वास लिएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij