२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने

सोमवार , भाद्र २७, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, २७ भदौ ।

    निर्वाचन आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको उनले बताए ।

    सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए ।

    आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको जानकारी दिए ।
    न्युज कारखाना