images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमा–६ मा शवदाह गृह निर्माणका लागि समिति गठन

तिलोत्तमा–६ मा शवदाह गृह निर्माणका लागि समिति गठन

images
images
images
सोमवार, भाद्र २७ २०७९
सोमवार, भाद्र २७ २०७९
  • तिलोत्तमा–६ मा शवदाह गृह निर्माणका लागि समिति गठन

    तिलोत्तमा, २७ भदौ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा शवदाह गृह निर्माणसम्बन्धी प्रारम्भिक समिति गठन भएको छ । सोमबार गठित समितिले वडा नम्बर ६ मा रहेका सार्वजनिक जग्गामध्ये शवदाह निर्माणका लागि उपयुक्त जग्गा छनोट गरी दाहसंस्कार गर्नका लागि वडामै शवदाह गृह बनाउने भएको हो । 

    images
    images
    images

    उक्त समिति गठनका लागि वडामा बसेको भेलामा बोल्दै वडाअध्यक्ष गणेश पाठकले शवदाह गृह बनेपछि स्थानीयलाई सुविधा हुने बताए । उनले वडा नम्बर ६ मा नै तिलोत्तमा कोरिडोर बन्ने भएकाले कोरिडोरलाई ख्याल गर्दै शवदाह बनाउन खाका कोर्ने बताए । शवदाह गृह वडा नम्बर ६ मा बन्नु तिलोत्तमाबासीकै लागि सहज स्थान हुने समेत उनले बताए । अध्यक्ष पाठकले मृतकको अन्तिम संस्कार गर्न आफन्तलाई टाढासम्म धाउनुपर्ने बाध्यताको अन्त्य पनि यस शवदाह गृहले गर्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै भेलामा बोल्दै समाजसेवी रोमणी प्रसाद पाठकले शवदाह गृह अहिलेको आवश्यकता रहेको बताए । उनले तिलोत्तमा घाट नदी किनारमा गृह बने सबैलाई सहज र सुविधायुक्त हुने बताए । उक्त गृह बनाउँदा संघीयदेखि स्थानीय तहको बजेटबाहेक वडाबासीको श्रम, बजेट मिसाएर बनाइएमा राम्रो तथा अपनत्व झल्किने खालको बन्ने बताए ।

    अर्का समाजसेवी अर्जुनराज उपाध्यायले वडाअध्यक्षले ल्याएको प्रस्ताव प्रशंसनीय रहेको बताए । उनले समितिले जग्गाको छिटो खोजी गरी सबैको सहयोग र सहकार्यमा काम अगाडि बढाइहाल्नुपर्ने बताए । यसले छिमेकी पालिका र जिल्लाबासीलाई नै सहयोग पुु्र्याउने उनको भनाइ थियो । 

    साथै भेलामा भएको छलफलमा तिलोत्तमा कार्यपालिका सदस्य नरबहादुर छन्तेल, झरना स्पोर्टस क्लबका पूर्व अध्यक्ष लोक पुन, समाजसेवी शिव पाठक, अनिल चापागाईं, राधिका पुन लगायतले बोल्दै वडामा बन्ने पूर्वाधारले वडाबासी मात्र नभइ सबैलाई पवित्र नदी तिनाउको सेरोफेरोमा अन्तिम संस्कारको दायित्व पुरा गर्ने वातावारण बनाउने बताए । भेलाबाट वडाअध्यक्षको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको वडाका प्रतिनिधि देवी न्यौपानेले जानकारी दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij