२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन 

आइतवार , भाद्र २६, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, २६ भदौ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन् । 

    प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन् । 

    सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए । 

    उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा सकलदर्जालाई जानकारी गराएका थिए । 

    प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफि टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए ।