
आइतवार , भाद्र २६, २०७९
भैरहवा, २६ भदौ ।
काशी नोबल एकेडेमी सिद्धार्थनगर–१२ जनकपथ, रुपन्देहीको २१ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ ।
अधिवेशनले पुनः ओम जैसीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अजय कुमार गुप्ता, सचिवमा राजेन्द्र घिमिरे र कोषाध्यक्षमा श्री रायमाझी रहेका छन् । त्यस्तै सदस्यमा निर्मल हुमागाइ, हरि प्रसाद आचार्य, तेज प्रसाद पन्थ र कोर्डिनेटरमा दीपक काफ्ले रहेका छन् ।
त्यसै गरी सल्लाहकारहरुमा राधिका गौतम, पुरन श्रेष्ठ र टोप बहादुर रायमाझी रहेको एकेडेमीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij