२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

तिलोत्तमा–७ मा वडा सरसफाई अभियान

शनिवार , भाद्र २५, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • तिलोत्तमा, २५ भदौ ।
    तिलोत्तमा नगरपालिका वडा नम्बर ७ मनकामना टोलस्थित मनकामना मन्दिर आसपासमा वडा सरसफाई अभियान-२०७९ अन्तर्गत दोस्रो चरणको सरसफाई कार्यक्रम मनकामना टोल विकास संस्थाको टिसर्ट सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष तारा प्रसाद भुसालको अध्यक्षता, तिलोत्तमा–७ का वडाअध्यक्ष देवी पंगेनीको प्रमुख आतिथ्यता तथा संस्थाका सचिव जीवन भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    306207955_649346929705104_8141759026716471541_n.jpg

    सरसफाई अभियान सफल बनाउन अन्नपूर्ण युनिफर्म प्रा.लि.का का सञ्चालक तथा संस्थाका सह–सचिव दिपु तिमिल्सिनाले १० हजार मूल्य बराबरको टिसर्ट सौजन्य गरेका थिए ।